तुलसीपुर २९, अषाढ । नेपाल मानव धर्म सेवा समितिले आज आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा कविता प्रतियोगिता कार्यक्रम गरी मनाएको छ । भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँको सम्झनामा कविता प्रतियोगिता सँगै सत्सँग कार्यक्रम गरिएको हो ।
सो अवसरमा नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी क्षेत्र आश्रमका प्रचारिका महात्मा चन्द्रकान्त बाईजीले आदिकवि भानुभक्तले गर्नुभएको राम्रो कर्मलाई सबैले स्मरण गर्नु पर्ने बताउनुभएको थियो । आफुसँग जति नै धन, सम्पत्ति, शिक्षा, मान, सम्मान भए पनि समाजको भलाईको निमित्त केहि राम्रो कार्य गर्न सके त्यो स्मरण योग्य हुने भएकाले हामीमा सधैं निस्वार्थ भावना जागृत हुनु पर्ने बताउनुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।