शैशिक्षक क्षेत्रको विकासका लागि पहल गर्छु : पूर्व स्वास्थ्यमन्त्री केसी

तुलसीपुर, २६ वैशाख । संघिय पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक सुधारका लागि आफुले पहल गर्ने बताउनुभएको छ । बालचेना आधारभूत विद्यालय तुलसीपुर–१५ धमकापुरमा आयोजीत स्कुल पोशाक सहयोग हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री केसीले यस्तो बताउनु भएको हो । दाङको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र भौतिक पूर्वाधार विकासकास लागि मन्त्री हुँदा पनि र बाहिर रहदा पनि निरन्तर रुपमा लागि परेको उहाँले बताउनुभयो । शिक्षाको ज्योति छर्ने शैक्षिक संस्थाहरु भौतिक र शैक्षिक रुपमा कम्जोर हुँदा अपेक्षा अनुसार प्रगति हासील गर्न नसकिएको बताउँदै पूर्व स्वास्थ्यमन्त्री केसीले यसका लागि सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

१५० जना बालबालिकालाई स्कुला पोशाक वितरण
यसैबिच विद्यालयमा अध्ययनरत एक सय ५० जना बालबालिकालाई स्कुल पोशाक वितरण गरिएको छ । चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा तुलसीपुरका प्रतिष्ठित व्यवसायी टोपबहादुर घर्तीले करिब एकलाख बराबरको स्कुल पोशाक वितरण गर्नुभएको थियो भने अर्का युवा व्यवसायी तेजबिक्रम घर्तीले १० वटा सिलीङ फ्यान विद्यालयलाई सहयोग गर्नुभएको छ । एक हप्ताअघिमात्रै घर्तीले टरीगाउँकाे एक विद्यालयमा अध्यनरत एक सय १० जना बालबालिकलाई व्याग सहयाेग गर्नुभएकाे थियाे । शिक्षक अभिभावक संघका अध्यक्ष निर्मली चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा  १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, जागेश्वर वली, कैलाश बुढाथोकी, माधव बुढाथोकी, इन्द्रमणी केसी, सुरेश बस्नेत लगाएतले आ–आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रमाकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक नवराज डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया