नक्कली परीक्षार्थी बनाएर भाइलाई पास गराउन खाज्ने प्रिन्सिपल पक्राउ

काठमाडौँ, १६ बैशाख ।  धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा गराउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताउनुभयो ।

कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो । स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको हो । स्कुलमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बोर्डले उनीहरूलाई समेत निगरानीसहित परीक्षामा सामेल गराएको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया