सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

बुद्धि पुन, सल्यान १५ बैशाख ।

सल्यानको शारदा नगरपालिकाले अंग्रेजी माध्ययम बाट पढाई सञ्चालन गरेको छ । शैक्षिक सुधारका लागी भन्दै विभिन्न क्षेत्र बाट बिगतका वर्षहरुमा विभिन्न प्रयासहरु भएपनि प्रभावकारी रुपमा कार्यान्वयन नभई रहेको बेला यस नगरपालिकाले शैक्षिक सुधारका लागी अंग्रेजी माध्ययम बाट पठन पाठन शुरु गरेको हो । यस नगरपालिकाले नगरभित्रका बिभिन्न ५७ वटा बिद्यालयहरुमा अंग्रेजी माध्ययम बाट पठनपाठन शुरु गरेको जनाएको छ ।
नगरपालिकाका सबै बिद्यालयहरुमा अंग्रेजी माध्ययम बाट कक्षा सञ्चालनको लागी ११ लाख रुपैँया बिनियोजन गरिएको छ ।

विनियोजित रकमले नगर भित्रका सम्पूर्ण आधारभूत बिद्यालयहरुमा अंग्रेजी माध्ययम बाट कक्षा सञ्चालनका लागी आबश्यक पर्ने पाठ्यपुस्तक खरिद गरिने नगर शिक्षा शाखा प्रमुख बिर बहादुर सेजवालले बताए । उनले यस शैक्षिक सत्र बाट अंग्रेजी माध्ययम बाट कक्षा सञ्चालनको लागी सम्पूर्ण तयारी पुरा भएको बताए ।‘हामीले सरकारी विद्यालयमा शैक्षिक स्तर उकास्नका लागी प्रत्येक विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुका लागी निशुल्क रुपमा पाठ्यपुस्तक दिन थालेका छौँ’– उनले भने ।

यस्तै नगरपालिका भित्र रहेका ५७ वटा विद्यालयमा अंग्रेजी शिक्षकको लागी विज्ञापन खोलेको र छिट्टै नै सबै विद्यालयमा अंग्रेजी विषयका लागी शिक्षक पठाईने नगर प्रमुख शुरेश अधिकारीले बताए । उनले भने– ‘हामीले यस वर्षदेखी नगर भित्रका सबै विद्यालयमा शैक्षिक अवस्था सुधार गरेर देखाउने छौं ।’ अग्रेजी सिक्षक हरुलाइ तालिमको समेत आयोजना गरिएको उनले जानकारी दिए । जस्का लागी रकम समेत विनियोजन गरि सकेको छ । बैशाख १६ गते देखि दुई चरणमा सन्चालन गर्नेगरी अग्रेजी सिक्षक हरुलाइ तालिम दिन १ लाख २१ हजार रुपैया बिनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख १५ गते शनिवार
प्रतिक्रिया