प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन्छौ : महासचिव पोखरेल

काठमाण्डौ, ८ बैशाख ।  सत्तारूढ प्रमुख घटक नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ । देशलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको उहाँले बताउनुभयो ।

देशमा लोकतन्त्र र परिवर्तनमाथि सङ्कट आइपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्ता समीकरण बन्दा पनि महत्त्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको समेत बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया