जीवन ज्योती नमुना माध्यमिक विद्यालयमा अतिथि कक्षा सञ्चालन

फागुन,  १४ सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिकामा अतिथि कक्षा कार्यक्रम जीवन ज्योती नमुना माध्यमिक बिद्यालयमा सञ्चालन गरिएको छ । पालिकाको ५ वटा माध्यमिक बिद्यालयमा अतिथि कक्षा सञ्चालन कार्यक्रम अन्तर्गत सोमबार कक्षा सञ्चालन गरिएको हो । अतिथि कक्षामा बिभिन्न क्षेत्रमा सफल्ता प्राप्त गरेका ब्यक्तिहरुले आफुले गरेका अनुभब,सिकेका ब्यबहारिक कुराहरुलाई अतिथि शिक्षकको रुपमा बिद्यार्थीलाई प्रदान गर्ने गरेका छन् । अतिथि कक्षाको दोस्रो कक्षा बौद्धिक ब्यक्ति विष्णु प्रसाद शर्माले समसामयिक घटना परिघटना,निर्णय क्षमता र न्यायिक इकाई प्रमुख जीवराज खत्रीले सकारात्मक सोंच र सफल जीवनका बिषयमा लिनु भएको छ ।

जिल्लामै पहिलो पटक सुरुवात गरिएको अतिथि कक्षाको सुरुवात गर्दै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पाठ्यक्रमा नसमेटिएका बिषय बस्तुका बारेमा अतिथि शिक्षकले पढाउने बताउनु भयो । उँहाले अतिथि कक्षाको उदेश्य बिद्यार्थीको भबिश्य निर्माणका लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु रहेको बताउनु भयो । अतिथि कक्षा बिद्यार्थीहरुले बृहत ज्ञान प्राप्त गर्ने शैक्षिक जागरण रहेको बताउनु भण्डारीको भनाई छ । उँहाले अतिथि कक्षा कार्यक्रम सञ्चालनले बिद्यार्थीहरुलाइ बिभिन्न क्षेत्रमा पुग्नका लागि प्रेरणा दिने बताउनुभयो । अतिथि कक्षामा सार्बजनिक सेवा, सिप बिकास, सामाजिक बिकृती, बाल बिबाह, लागु औषध दु्ब्र्यसनी,पेशा ब्यबसाय लागायतका २ दर्जन भन्दा बढि बिषयमा प्रत्येक बिद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययन गर्ने बिद्यार्थीहरुको लागि २४ वटा कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया