शिक्षक तथा विद्यार्थीको निगरानीका विद्यालयमा सिसी क्यामरा

जीत सागर जी.एम. ,सल्यान, १८ चैत्र ।
सल्यानको एक विद्यालयले १७ वटा सिसी क्यामरा जडान गरेको छ । कपुरकोट गाँउपालिका –५ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयले शिक्षक तथा विद्यार्थीको अनुगमनका लागि १७ वटा सिसी क्यामरा जडान गरेको विद्यालयमा प्राचार्य भुपाल साहुले जानकारी दिए । कपुरकोट गाँउपालिकाको वडा नम्बर ५ को करिब पौने २ लाखको आर्थिक सहयोगमा विद्यालयमा सिसी क्यामरा जडान गरिएको प्राचार्य शाहुले बताए ।

सिसी क्यामरा जडानका लागि कपुरकोट गाँउपालिका वडा नम्बर ५ को कार्यालयले १ लाख ७९ हजार आर्थिक सहयोग गरेको विद्यालयका उनको भनाई छ । प्रचार्य शाहुका अनुसार विद्यालयले कक्षा १ देखि १० सम्म १० वटा सिसी क्यामरा जडान गरिएको छ । त्यस्तै कम्युटर कक्ष, विज्ञान कक्ष, लेखा कक्ष, पुस्तकालय कक्ष, शिक्षु कक्षा र खेलमैदानमा एक÷एक वटा गरि १७ वटा सिसी क्यामरा जडान गरेको उनले बताए ।

वि.स. २००९ सालमा स्थापना भएको विद्यालयले समयको माग भन्दै शिक्षक तथा विद्यार्थीको निगरानीका लागि सिसी क्यामरा प्रविधी जडान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्र केसीले जानकारी दिए । उनेले भने –हामी विद्यालयलाई जिल्लाकै नमुना बनाउने तयारी गरेको छौँ, विद्यालयमा सिसी क्यामरा जडान भएपति विद्यार्थीको शिक्षामा गुणस्तरियता ल्याउन सकिने आशा पनि गर्न सकिन्छ ।’

साविकको रिम गाविस, सिन्वाङ, गर्पा र धनवाङ लगायत आसपासका विद्यार्थीले अध्ययन गर्ने जीवन ज्योती मावि रिम युग परिवर्तन संगै आफ्नो गुणस्तरितामा जोड दिएको छ उनले भने । विद्यालयमा जडित १७ वटै सिसी क्यामराको कन्ट्रोलर विद्यालय प्रशासनमा राखिएको छ । यसले भौतिक संरचनाको रेखदेखलाई पनि सहज भएको अध्यक्ष केसीले भने । विद्यायलयका सम्पुर्ण गतिविधि एकै ठाँउबाट निगरानी राख्न सकिने भएकाले समयको बचत हुने उनको भनाई छ । सिसी क्यामरा जडान भएपछि शिक्षक तथा विद्यार्थीका सम्पुर्ण गतिविधि निगरानी गर्न सजिलो भएको विद्यालय प्राचार्य साहुले बताए ।

सिसी क्यामराको सहायताले विद्यालयको अन्य भौतिक संरचनाको अवस्थाको बारेमा पनि निगरानी गर्न सजिलो भएको उनले बताए । उनले विद्यालय समय सापेक्ष रुपमा अघि बढेको भन्दै सिसी क्यामरा जडान संगै प्राविधिक शिक्षा जोड दिएको बताए । विद्यालयको शैक्षिक गुणस्तर बढाउन भौतिक संरचनाले पनि भुमिका खेल्ने भन्दै प्रचार्य शाहुले विद्यालयमा सिसी क्यामरा जडान गरिएको बताए ।

विद्यालयलाई विद्यार्थीमैत्री, अतिरिक्त क्रियाकलापविद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ६ सय ७२ जना विद्यार्थीले अध्ययन गर्दै आएको प्राचार्य शाहुले जानकारी दिए । विद्यालयले एक थान स्मार्ट बोर्ड जडान गरेको छ । जिल्ला शिक्षा कार्यालय सल्यानको आर्थिक सहयोगमा उक्त स्मार्ट बोर्ड जडान गरिएको हो ।

आवाज सहित रेर्कड हुने स्मार्ट बोर्डमा कक्षा कोठामा गरिएका सम्पुर्ण गतिविधीको आवश्यक परेको खण्डमा सुन्न तथा हेर्न सकिने प्रचार्य शाहुले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयले दिएको करिब साढे ६ लाख रकमले विद्यालयमा ल्यापटप कम्पुटर, फोटोकपी मेशिन, प्रिन्टर लगाएत स्मार्ट बोर्ड पनि जडान गरिएको उनले बताए । विद्यार्थीलाई टेक्नोलोजीको बारेमा जानकारी गराउने उद्देश्यले पनि विद्यालयमा स्मार्ट वोर्ड सहित सिसी क्यामरा जडान गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार
प्रतिक्रिया