काठमाडौ, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको ३ महिने संगठन विस्तार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जसपाले असारमा विधान अधिवेशन सम्न्न गरी भदौ महिनादेखि कार्तिक महिनासम्म ३ महिने अभियान सञ्चालन गरेको थियो । सो अवधीमा प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति र पालिका समितिहरु गठन, पुनर्गठन र रुपान्तरण गरिएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएको छ ।
देशस्तरिय प्रशिक्षण, सदस्यता वितरण र अभिलेख संकलनको कार्य समेत गरिएको उहाले बताउनुभएको छ । महाधिवेशन प्रतिनिधि बन्नको लागि पार्टी संगठन र समिति विधानको व्यवस्था बमोजिम पुनर्गठन र रुपान्तरण भएको हुनुपर्ने व्यवस्था गरिएको छ । पार्टीको महाधिवेशन चैतसम्म हुने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिनुभएको छ ।