एसइई परिक्षामा राप्ती गाउँपालिकाको अनुगमन

 तिर्थराज ज्ञवाली ,९ चैत्र,मसुरीया । 

राप्ती गाउँपालिका भित्र रहेका एसइई परिक्षा केन्द्र वाट संञ्चालन भईरहेको परिक्षाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहितको टोलीले शुक्रवार अनुगमन गरेको छ ।तिन वटा एसइई परिक्षाकेन्द्र रहेको राप्ती गाउँपालिका भित्रका आदर्श नमुना माध्यामीक विद्यालय लालमटिया , माध्यामीक विद्यालय मौरिघाट र  सर्बोदय माध्यामीक विद्यालय सिसहनियाको अनुगमन गरिएको हो ।

गाउँपालिका अध्यक्ष सुबेदीले परिक्षाको अवलोकन गर्दै परिक्षालाई मर्यादित र अनुशासीत तवरमा सञ्चान गराईराख्न परिक्षा केन्द्राध्यक्षहरुलाई आग्रह गर्नुभएको छ । ९ सय ४८ विद्यार्थीले राप्ती गाउँपालिका भित्रका परिक्षाकेन्द्र वाट एसइई परिक्षा दिईराखेकोमा शुक्रवार ५ विद्यार्यी अनुपस्थीत रहेको राप्ती गाउँपालिका शिक्षा शाखा सह संयोजक कीरण पोख्रेलले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिकाका एसइई परिक्षा केन्द्रमा छिमेकी गढवा, बंगलाचुली गाउँपालिका तथा लमहि नगरपालिका केहि विद्यालयका विद्याथीहरुले पनि परिक्षा दिईराखेको परिक्षा केन्द्राध्यक्षहरुले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया