काठमान्डौ, २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारका सदस्यले राति १ः५० बजे अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।
हृदयाघातबाट निधन भएको खबर पाउनासाथ एमाले अध्यक्ष केपी ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पतालमा पुगेका थिए ।
प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार