दाङ, २१ भदौ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । मध्यान्ह् १२ बजे सुरु हुने आजको बैठकमा सरकारले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ अगाडि बढाउने तयारी गरिएको छ । यसअघि विधेयक दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाइएको थियो ।
आजको बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेरसम्बन्धी जानकारी, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने प्रदेश सभासचिव दुर्लभकुमार पुनले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार