तुलसीपुर, १८ भदौ । महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको बैठक विभिन्न निर्णयहरु गर्दै कटकुइयाँमा सम्पन्न भएको छ । महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूह तुलसीपुर–८ र ९ का अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले २६ औं साधारणसभा भदौ २३ गते राख्ने निर्णय गरेको छ भने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रगति र आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।
त्यसैगरी बैठकले आर्थिक वर्ष २०८०÷२०८१ को वृहत योजना सहितको प्रतिवेदनलाई स्वीकृतीका लागि साधारणसभामा लैजाने निर्णय पनि गरेको समूहका कोषाध्यक्ष ओपेन्द्र मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार