सन्तोष अधिकारी, दाङ, २३ फागुन ।
दाङको भालुवाङमा रहेको एक विद्यालयले व्यवस्थापन समिति गठन गर्न नसक्दा विद्यालयमा आएको बजेट समेत अन्तै गएको छ । जिल्ला शिक्षा कार्यालय दाङले चार कोठे भौतिक संरचना निर्माणका लागि छुट्टाईदिएको ३६ लाख रुपैया किचलोका कारण अर्को विद्यालयलाई दिईसकेको छ । राप्ति गाँउपालीका १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अहिले आन्तरीक किचलोको चपेटामा परेको छ ।
विवाद गर्ने दुवै समुह विद्यालयमै आएर विवाद गर्ने भएकोले विद्यालय सञ्चालनमा समेत समस्या हुदै आएको शिक्षकहरु बताउछन् । त्यस्तै दुवै पक्ष आएर छलफल पनि वाहिरै वसेर गर्ने भएकोले विद्यालयको दैनिक पठनपाठनमा समेत असर परेको विद्यार्थीहरुले बताए । २०७३ सालको भदौ महिनादेखी विद्यालयमा व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला वोलाएपनि सहमति हुन नसकेको विद्यालयका प्रधानाध्यापक डिलबहादुर कुमाल बताउछन् । त्यस पछिका दिनदेखी हाल सम्म ५ पटक भन्दा वढि विद्यालयले भेला त वोलायो तर ति सवै भेला विना निष्कर्ष सकिए ।
फागुन १९ गते वसेको अभिभावक भेलाले निर्वाचन गर्ने सहमति सहित माईन्युट गरेको थियो । तर २१ गते जिल्ला शिक्षा कार्यालयमा सम्झौताका लागि जानुपर्ने भएकोले विद्यालयले उक्त माईन्युट च्याति नरवहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको अर्को माईन्युट गरेपछि अहिले विद्यालय क्षेत्र तनावमय बनेको छ । निर्वाचन गर्ने सहमति पछि किन अर्को माईन्युट गरी अध्यक्ष चयन गरीयो भन्दै एक पक्षले जिल्ला शिक्षा कार्यालय दाङमा निवेदन समेत पेश ग¥यो ।
व्यवस्थापन समिति गठन एकपक्षिय भएको भन्दै जिल्ला शिक्षा कार्यालयले उक्त विद्यालयको बजेट पत्थरगढवा देउखुरीका रहेको विद्यालयलाई दिई सकेको बताएको छ । विद्यालय व्यवस्थापन समितिकोे गठनका लागि निर्वाचन गर्ने सहमति भैसकेपछि विद्यालयका स्रोत व्यक्ति राजेन्द्र घिमिरेको सल्लाहमा उक्त माईन्युट च्याति समिति गठन गरीएको विद्यालयका प्रधानाध्यापक कुमाल वताउछन् ।
निर्वाचन गर्ने सहमति हुँदा ३ जना अध्यक्षको दावेदार थिए । सोही दिन साँझ ति ३ जना दावेदार संग विद्यायलयमा रहेको केही अभिभावकको रोहवरमा कसलाई वनाउने भन्ने बहस समेत चलेको प्रअ कुमालले बताए । नरबहादुर केसी, तेजबहादुर पुन र गेमबहादुर खड्का अध्यक्षको दावेदार रहेकोमा केसी र पुनले खड्कालाई समर्थन गरेको प्रअ कुमाल बताउछन् । गेमवहादुर खड्का अभिभावकको रोजाईमा पनि परेका व्यक्ति भएकोले उनलाई नै वनाईयो तर खड्काले नरवहादुर केसी नै हुनुपर्ने भनेकोले केसीको नाममा सहमति जुटेको थियो कुमालले भने ।
सहमति जुटेकोले विद्यालयमा आएको वजेटको सम्झौतागर्न जादा मुद्धा परीसकेछ । सोही मुद्धाका कारण विद्यालयमा आएको बजेट अन्यत्रै गएको कुमालले बताए । १ सय ६४ जना अभिभावकको उपस्थीतिमा भएको माईन्युट च्यातेर अर्को निर्णय गरेकोले वाध्य भएर जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको वताउछन् असन्तुष्ट अभिभावक टोपबहादुर झाक्रि मगर । २०२४ सालमा स्थापना भएको विद्यालय राजनीतिक खिचातानीको चपेटामा परेर अहिले सम्म विकाशमा पछाडि पारीएको उनको तर्क छ ।
वास्तविक अभिभावकहरु हाम्रो पक्षमा छन् तर अर्कोपक्षले मनोमानी गर्न खोजेको छ त्यसको विरुद्ध आफुहरु लागि पर्ने झाक्रि मगरले बताए । अहिले विद्यालयमा ५ सय १० जना विद्यार्थीहरुले अध्ययन गरीरहेकाछन् भने २ सय ७२ जना अभिभावक रहेको विद्यालयले जनाएको छ । समिति गठन गर्ने गत डेढ वर्षदेखीको विवाद अझै सम्म पनि साम्यहुन सकेको छैन ।
फोटो : विद्यालय समयमा दुई पक्षका विच भनाभनहुदा प्रहरीले भिड तितरवितर पार्दै ।