यसकारण बल्झीयो शिक्षक दरबन्दी मिलान

तुलसीपुर,२२ फागुन ।
लामो समय देखि विबादित रहेको शिक्षक दरबन्दी मिलान पुन बल्झीएको छ । शिक्षक संघ संगठनका प्रतिनिधि जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि लगाएतले लामो समयदेखि शिक्षक दरबन्दी मिलानमा छलफल गरे पनि सफल हुन सकेका छैनन् । पछिल्लो समय जिल्ला समन्वय समितिको पहलमा छलफल भएको थियो तर पनि कार्यान्वयन हुुन सकको छैन ।

शिक्षक महासङघ जिल्ला कार्यसमितिले जिल्ला शिक्षा अधिकारी समक्ष ज्ञापन पत्र बुझाउदै जिल्ला समन्वय समितिले गरेको दरबन्दी मिलानलाई कार्यन्वयन गर्न माग गरेको छ । पटक.पटक यो विषय उठ्ने गरे पनि राजनीतिक स्वार्थ तथा शिक्षा कार्यलय र यहाँका कर्मचारीको स्वार्थ बाझिदा यो विषयले मूर्त रुप पाउन सकेको थिएन् ।

अहिले फेरि कानूनी अड्चन देखाएर आरोप प्रत्यारोप हुने गरेको छ । छलफल हुँदा सबैले सहज तरिकाले प्रस्तुत हुने तर निर्णय र कार्यन्वयनमा जाँदा शिक्षक सङ् सङ्गठनका प्रतिनिधिहरु आफ्नो सङ्गठन निकटकालाई पाएक हेरेर बोल्ने गरेको जिल्ला शिक्षा कार्यलयका एक कर्मचारीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला शिक्षा कार्यलयबाट हुुने सबै काम स्थानीय तहले गर्ने भनी सकेकाले जिल्ला शिक्षा कार्यलयबाट दरबन्दी मिलान हुन नसक्ने जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बताएका छन् । स्थानीय सरकार ऐन २०७४ परिच्छेद ३ (२) ज ले शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीयतहलाईनै दिएको छ ।

जसमा सामुदायीक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने जिम्मा पनि स्थानीय तहलाई रहेको छ । जिल्ला शिक्षा कार्यालय संग अधिकार हुदा गरेको निर्णय कार्यान्वयन नगर्ने र अहिले कार्यान्वयन गर भनेर दवाफ दिन थालीएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया