तुलसीपुर,५असार । बाँकेमा लेनदेन मुद्धामा फरार प्रतिवादीलाई प्रक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्तीसोनारी गाउँपालिका ४ बस्ने ४८ बर्षिय कोगलुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनलाई २०७९ जेठ ५ गते लेनदेन मुद्धामा १ बर्ष कैद तोकिएकोमा उनी हालसम्म फरार रहेको हुदा उनलाई २०७९ असार ५ गते आईतबार पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई आईतबार जिल्ला अदालत बुझाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार






