तुलसीपुर, २६ असार । दाङ तुलसीपुर उपमहानगरपालिका ४ मुलकोटमा एक गोठ जलेर नष्ट भएको छ । स्थानिय जिबराज पुनको घरमा बिद्युत लाईन सर्ट हुदा गोठमा आगलागी भएको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष रिखीराम पुनले जानकारी दिनुभयो । उहाका अनुसार आगलागी आज बिहान ९ बजे तिर भएको हो ।
खरको छानो भएको गोठमा आगलागी हुँदा मानविय क्षति नभएपनि ५ वटा बाख्रा घाईते भएको उहाले जानकारी दिनुभयो । गोठमा लागेको आगो स्थानियले नियन्त्रणमा लिएका हुन् । घर र गोठ संगै भएपनि घरमा आगलागी हुनबाट जोगीएको छ ।
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार






