२०८३ कार्तिक ९ गते आइतवार

रोल्पामा जटिल प्रसूति सेवा ठप्प

रोल्पा ,२७ जेठ । जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिम प्राप्त चिकित्सक नहुँदा सो सेवा ठप्प भएको हो । जसका कारण प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहे पनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो । रोल्पा नगरपालिका– २ की उमा चन्दले गर्भवती चेक जाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तता नहँुदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताए । आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उनको भनाइ छ । अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।