२०८३ भाद्र १३ गते शनिवार

दाङको बालापुरमा मोटरसाईकल ठोक्किदा २ जना घाइते

तुलसीपुर, १७ असोज / पश्चिम दाङको बालापुरमा पछाडिबाट आएको मोटरसाईकलले ठक्कर दिदा २ जना घाईते भएका छन् । घाईते हुनेमा कपुरकोट गाउँपालिका–६ छायाँनाथ निबासी १९ बर्षका आशिष भण्डारी र शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी १८ बर्षकी शर्मीला विक रहेको प्रहरीले बताएको छ ।

घाईते मध्य शर्मीलाका अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । पछाडीबाट आइरहेको लु२प ६२३३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा रा४प २२६२ नम्बरको मोटरसाईकल चालक भण्डारी र ठक्कर दिने मोटरसाईकलको पछाडी सवार बिक घाईते भएका हुन् ।

ठक्कर दिने मोटरसाईकल चालकको नाम र ठेगाना नखुलेको प्रहरीले बताएको छ । दुबै मोटरसाईकल पश्चिमबाट तुलसीपुर तर्फ आउँदै थिए ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।