काठमाडौँ , ९ साउन
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी गम्भिर संकटमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति समारोहमा बोल्दै दाहालले अध्यक्षको पहल र सक्रियतामा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको भएकाले पार्टीलाई गम्भिर संकटमा लगेको बताए ।
’पार्टी संकटमा छ । छैन भनियो भने त्यो गलत हुनेछ । मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ, ’ अध्यक्ष प्रचण्डले भने –‘ ठीक ठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन ।’
प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार


















