२०८३ असोज ५ गते सोमवार

सर्लाहीमा कालाजारको महामारी,एक सातामा छ जनाको मृत्यु

सर्लाहि,२९ चैत्र । सर्लाहीको भक्तिपुरमा कालाजारको महामारी फैलिएको छ । एक साता देखि फैलिएको कालाजार रोगबाट भक्तिपुरको राईटरखोर गाउँमा अहिले सम्म ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले पुष्टी गरेको छ । कालाजारबाट बिरामी भएका १४ जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत प्रभाकर झाले जानकारी दिनुभयो । भक्तिपुर स्वास्थ्य चौकीबाट ढिलोगरी जानकारी आएकाले महामारीले ठुलो रुप लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यलयको टोलीले महामारी फैलिएको स्थानमै गएर बिरामीको रगत परीक्षण गर्दा १४ जनामा कालाजार भेटिएपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगिएको हो । कालाजारले महामारीको रुप लिएपनि भक्तिपुर स्वास्थ्य चौकीले गम्भीरता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले महामारी नियन्त्रणका लागि सबै निकायसँग समन्वय भैरहेको बताउनुभाये । चिकित्सकका अनुसार सेन्ट फ्लाई नामको भुसुनालले टोक्दा कालाजार रोग लाग्छ । टोउको दुख्ने, ज्वरो आउने, अनुहार कालो हुँदै जाने, शरीरमा रगतको मात्रा घट्नु कालाजारको प्रमुख लक्षण हो ।
प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।