२०८३ मङ्सिर १३ गते आइतवार

बाँकेमा आर्थिक लाभ लिएको आरोपमा दुई जना ट्राफिक प्रहरी निलम्वित

फोटो फाईल

दाङ,१३ मंसीर । बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा दुई जना ट्राफिक प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता मोहनजंग बुढाथापाका अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीका प्रहरी जवान श्रीषराम थारु र अस्थायी प्रहरी पोष्ट नेपालगन्जका प्रहरी जवान टोप बहादुर खड्कालाई निलम्वन गरिएको हो ।

उनीहरुले गत मंगलवार सेवाग्रही संग पैसा लिएको बारे सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो । सोहि अनुसार उनीहरु दुवै जनालाई गत शुक्रवार देखी लागु हुने गरी निलम्वन गरिएको प्रवक्ता बुढाथापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।