२०८३ कार्तिक ३ गते सोमवार

अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

रोल्पा,१ कात्तिक । रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएका छन् । दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटी निवासी ३२ वर्षीया खुमा कुमारी भण्डारी र सोही वडाको जवाङ निवासी ५४ वर्षीया गौसरा घर्तीमगर गम्भिर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि घर्तीगाउँस्थित स्मृति अस्पताल पुर्‍याइएकोमा बिहान साढे ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार बिहान करिब १० बजेतिर घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको  गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको  अटो अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । अर्की घाइते घर्तीमगरको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको  छ । अटोमा चालकसहित तीन जना सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।