२०८३ असोज २४ गते शनिवार

लमही र गढवामा भएका छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

तुलसीपुर, २४ असोज । दाङमा छुट्टाछुट्टै घटनामा परी एक बालीका सहित दुई जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा गढवा गाउँपालिका–१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उहाकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरुलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

यस्तै लमहीमा यात्रु बसको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ निवासी चेतबहादुर केसी रहेको डिएसपी केसीले जानकारी दिनुभयो । शुक्रबार बेलुका करिब साढे ६ बजे लमही नगरपालिका १ सुनडबरीमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ए ए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते हुनु भएको थियो ।

घटना लगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमलसिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पु¥याएको थियो । अस्पतालमा उपचारका क्रममा उहाको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा बरिष्ठ लेखा अधिकृतका रुपमा कार्यरत रहेको बताईएको छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।