२०८३ असोज २० गते मङ्गलवार

खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग

घोराही २० असोज। ४४औँ शिक्षा दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका–१२, हापुरस्थित मावि रतनपुरका विद्यार्थीहरूले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको पहलमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ हजार १० रुपैयाँ सहयोग गरेका हुन् ।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित तथा विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यले विद्यार्थीहरूले सहयोग रकम संकलन गरेको विद्यालयका सह–प्रधानाध्यापक सविन भण्डारीले जानकारी दिनुभयो । सह–प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट केही रकम कटौती गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अभियान सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।