२०८३ असोज ८ गते बिहिवार

आजदेखी शैक्षिक संस्थाहरु लगातार चार दिन बन्द हुने

फोटो फाईल

तुलसीपुर, ८ असोज । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका क्षेत्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंले दाङसहित देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि तुलसीपुर र घोराहीका शिक्षा महाशाखाले सूचना जारी गर्दै विद्यालय बन्द गर्न आग्रह गरेका हुन् । मन्त्रालयको २०८३ असोज ७ गतेको सार्वजनिक सूचना तथा आह्वान बमोजिम विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै वर्षा सुरु हुनुअघि नै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। स्थानीय तहको निर्णयसँगै विद्यालय आज र भोलि बन्द रहनेछन्। त्यसपछि शनिबार र आइतबार पनि सार्वजनिक बिदा पर्ने भएकाले शैक्षिक संस्था लगातार चार दिन बन्द हुने भएका छन्। विद्यालयहरू असोज १२ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।