तुलसीपुर, १५ असार । प्रहरीले यात्रु तानातान गरेको भिडियो सार्वजनिक भएपछि दुई जना चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार यात्रुलाई हैरानी दिएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको थियो । कार्यालयबाट खटिएको प्रहरीको टोलीले लु.प्र.०१-००११६८ नंम्वरको गाडि चालक र लु.प्र.०१-००१२६ नंम्वरको गाडि चालकलाइ सोमवार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जना चालकको नाम खुलाएको छैन । हिजो आईतवार तुलसीपुरको बहिनीचोक नजिकै बस्नेत फेन्सी स्टोर अगाडीदुई वटा ईभि गाडी चालकहरुले यात्रु तानातान गरी हैरानी दिएको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । साथै प्रहरीले यात्रु माथी यस्ता दुव्र्यवहार नगर्न नगराउन सवैमा अनुरोध गरेको छ । यस प्रति सवै सचेत रहन प्रहरीले आग्रह गरको छ ।
प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार






