२०८३ जेष्ठ ३० गते शनिवार

विश्वकप फुटबलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो

फोटो फाईल

काठमाण्डौ, ३० जेठ । फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो । खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।

घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो । विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् । विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग एकरएक गोलको बराबरी खेलेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार
प्रतिक्रिया