तुलसीपुर, २२ जेष्ठ । पछिल्लो समय गर्मिको समय बढेसँगै तुलसीपुर उपमहानगरपालिकाले बजारमा रहेका विभिन्न जुस पसल, आईसक्रिमका ठेला, बरफ, उद्योगहरुमा अनुगमण तिब्र पारेको छ । विशेषगरी गर्मीको समयमा बालबालिका देखि वृद्धवृद्धासम्मको रोजाईमा पर्ने आईसक्रिम, जुस तथा बरफहरुको उत्पादनमा व्यवसायीहरुको चरम लापरवाही हुने गरेको पाईएको छ । यसैविच आज मात्रै तुलसीपुरमा रहेको तुलसीपुर बरफ उद्योग, सहुलियत जुस बार, उपहार आईसक्रिम सेन्टर, मनिसा डेरी र वर्मा जुस सेन्टर लगाएतमा अनुगमण गएिको छ । अनुगमणका क्रममा तुलसीपुरको अटो भिलेज नजिक रहेको मनिसा डेरीमा बरफ बनाउनको लागी अखाद्य बस्तु गोल्ड किंग नामको केमिकल फेला परेपछि उक्त केमिकल सहित ३ हजार पाँच सय रुपैया भन्दा धेरैको बरफ नष्ट गरिएको छ । गोल्ड किंग नामको केमिकल सुनका गरगहना तथा धातु सफा गर्न र चम्काउनमा प्रयोग गरिने भए पनि व्यवसायीको लापरवाही र चिनीको सट्टा उक्त केमिकल प्रयोग गरी थोरै लगानीमा धरै नाफा कमाउने उदेश्यले प्रयोग गर्ने गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्र्रमुख पदम बरालले बताउनुभयो ।
यसै गरी तुलसीपुरको विरेन्द्र चोकमा रहेको वर्मा जुस सेन्टबाट पनि झन्डै ४ हजार रुपैंया बराबरको म्याद नाघेका चिसो पेय पदार्थ सहित तयारी अवस्थामा रहेको उखुको जुस र जुस बनाउन प्रयोग गरिने बरफ नष्ट गरिएको छ । यसैगरी तुलसीपुर ५ नामिनगरमा रहेको तुलसीपुर बरफ उद्योग, दोघरेमा रहेको उपहार आईसक्रिम, एम.बि आईसक्रिम ईन्डष्ट्रिजमा पनि पनि न्युन सरसफाई र बरफ वनाउन प्रयोग गरिने पानी फोहोर रहेको पाईएको छ भने व्यवसाय दर्ता नविरकरण समेत नगेको पाईएको छ भने सहुलियत जुसमा सन्तोषजनक अवस्था रहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो । अनुगमणका क्रममा तुलसीपुर उपमहानगरपालिका वजार व्यवस्थापन शाखाका खेमकान्त पाण्डे, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुदर्शन गोसाई, कर्मचारी, नगप्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।।






