२०८३ जेष्ठ १६ गते शनिवार

एमालेले मिसन पार्टी जागरण अभियान सन्चालन गर्ने, दाङमा कोमल वलीलाई खटाईयो

फोटो फाईल

काठमाडौ, १६ जेठ । नेकपा एमालेले नेताहरुको कार्य विभाजन सँगै प्रदेश र स्थानीय चुनावको तयारी पनि थालेको छ । शुक्रबार जारी अपानि–२ मार्फत एमालेले नयाँ अभियान पनि थालेको हो । गत १० जेठमा सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो । अपानिमा उक्त कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश र स्थानीय तहसम्म नेताहरु परिचालन गरिएको विवरण उल्लेख छ ।

यही अपानि मार्फत प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका निरज आचार्यका अनुसार, आगामी चुनावको तयारी गर्नेगरी पार्टीले अभियान थालेको हो । उहाका अनुसार महानगर र उपमहानगरमा भने वडामा समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको छ । त्यसरी स्थानीय तहमा जाने नेताहरुमा केन्द्रीय सदस्यदेखि जिल्लाका सिनियर नेता समेत छन् । केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रतिनिधि सभाका उम्मेदवारहरु, प्रदेश र जिल्लाका सिनियर नेताहरु परिचालन गरिएको छ ।

पलिका तहमा मिसन पार्टी जागरण भनेर नेताहरुलाई पठाएको एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रदेश, जिल्ला, जनसंगठन र विभागहरुको जिम्मेवारी तोकेको छ । सोहि अनुरुप पाटीले केन्द्रिय सदस्य कोमल वलीलाई दाङमा पालिका र वडा सम्म अभियान संचालनका लागी जिम्मेवारी तोकेको छ । मिसन पाटी जागरणलाई पालिका र वडा केन्द्रित गर्ने लक्ष्य सहित दाङमा केन्द्रीय कमिटिको तर्फबाट वलीलाई खटाईएको छ । पाटीले जेठ मसान्त सम्म संगठित सदस्यता नवीकरण गरी सक्ने , पाटी कमिटिलाई चलायमान बनाउने लगाएत जागरण अभियान मार्फत संचालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया