तुलसीपुर, १४ जेठ । तुलसीपुर –११ मा रहेको दंगीशरण थारु राजाको दरबारको विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड बढी बजेट सुनिश्चित भएको छ । लुम्बिनी प्रदेश सरकारबाट थारु राजाको दरबारका लागि ८ करोड ५८ लाख र उरहरी पिपलेडाडाँ जोड्ने क्वाङ खोला पुल निर्माणका लागि ४ करोड ८८ लाख बजेट सुनिश्चित भएको ११ का वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो ।
बजेट सुनिश्चितता भएसंगै केही समयमा निर्माण कार्यका लागि टेण्डर प्रकृयामा जाने छ । वडामा भएको विकास र बजेट ल्याउने सन्दर्भमा वडाध्यक्ष रावत तुलसीपुर उपमहानगरका १९ वटा वडा मध्य अग्रपंक्तिमा देखिने गरेको जानकारहरु बताउछन् । लामो समयसम्म निजामति क्रमचारीका रुपमा काम गरेका रावतको राजनीतिक वृत्तमा राम्रो पहँच भएका कारण वडामा कराडौं बजेट वार्षिक रुपमा भित्र्याउने गरेको कतिपयको बुझाई छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार






