फोटो फाईल
तुलसीपुर, १२ जेठ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन १५ दिने सुचना जारी गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा तुलसीपुर ५ मा रहेको तुलसीपुर नक्सा नम्वर ५ घ किता नम्वर २६८३ को ०.१८६२.४६ वर्गमिटर भएको जग्गामा अनाधिकृत घरटहरा निर्माण गरी जग्गा अतिक्रमित गरी बसेका व्यक्तिहरुलाई १५ दिनभित्र आफै खाली गर्न प्रहरीले सुचनामा मार्फत आग्रह गरेको छ ।
डिएसपी होम बहादुर पराजुलीले जारी गरेको सुचनामा अतिक्रमित क्षेत्रमा बनाईका घरटहरा तथा भौतिक संरचनाहरु आफै हटाउन भनिएको छ । यदी तोकिएको मितिमा संरचना नहटाएमा ती संचरनाहरु हटाईने सुचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार






