फोटो फाईल
काठमाडौ, ११ बैशाख । काठमाडौं थापाथली क्षेत्रका सुकुम्बासीहरू यतिबेला अन्योल र तनावबीच धमाधम सामान सार्न थालेका छन्। सम्भावित स्थानान्तरणको तयारी र अनिश्चित अवस्थाका कारण बस्तीमा बसोबास गर्ने धेरै परिवारले आफ्नो सरसामान प्याक गर्न थालेका छन् भने कतिपय नयाँ बस्ने ठाउँको खोजीमा छन्।
केही परिवार भने कोठा खोज्दै विभिन्न ठाउँतर्फ सर्न थालेका छन्। सुकुम्बासी सुरेश राईले आफूहरूलाई बस्नका लागि कोठा पाउन निकै कठिन भएको गुनासो गर्नुभयो ।उहाका अनुसार धेरै सुकुम्बासी परिवारहरू बस्नका लागि कोठा खोज्दै हिँडिरहेका छन् तर सहजै कोठा पाउन नसकेको अवस्था छ। केहीले कोठा पाए पनि घरधनीहरूले अचानक भाडा बढाएको गुनासो गरेका छन्।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।
प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार


















