२०८३ बैशाख २ गते बुधवार

दाङमा पेट्रोल अभाव नभएको आयल निगमको दाबी

फोटो फाईल

तुलसीपुर, २ बैशाख । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले दाङमा पेट्रोल अभाव नभएको स्पष्ट पारेको छ। डिपोका अनुसार हाल देखिएको समस्या सार्वजनिक बिदाका कारण आपूर्ति व्यवस्थापनमा आएको अस्थायी अवरोधका कारण भएको हो ।

डिपोका अनुसार पेट्रोल पर्याप्त मात्रामा आइपुगेको र आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएको जनाएको छ। केही दिन यता देखिएको अभावजस्तो अवस्था बिदाका कारण ढुवानी तथा वितरण प्रभावित हुँदा उत्पन्न भएको उल्लेख गरिएको छ।

निगमले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै पेट्रोल सहज रूपमा उपलब्ध हुने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया