तुलसीपुर, २८ चैत । नेपाल उद्योग तथा व्यवसाय महासंघ तुलसीपुरले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी आउदै गरेको नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ। नगर अध्यक्ष पदम पोखरेल-जेठुकान्छु)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले राज्यको अर्थतन्त्र बृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केसीले सम्पुर्ण व्यवसायीहरुलाई एकजुट सुझाव दिदै संगठनले व्यवसायका मुद्दाहरुलाई उठाउनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल उद्योग तथा व्यवसाय महासंघ दाङका अध्यक्ष नरेशराज भण्डारीले नयाँ वर्षको शुभकामना दिदै स्थानीय स्तरमा व्यवसाय विस्तार र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो। साथै उहाँले राज्यले व्यवसायमैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा युवा उद्यमीहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा राप्ती सल्यानी खुकुरी उद्योगका सञ्चालक उमलाल विक, उन्नत पशुपालनतर्फ बाबा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक विष्णुप्रसाद रिजाल, र नवउद्यमी रानी केक तुलसीपुरका सञ्चालक दीपक काफ्ले रहनु भएको छ । उहाहरुलाई युवा व्यवसाय तर्फ प्रोत्हासन गर्ने उद्देश्यका साथ सम्मान गरिएको महासंघ तुलसीपुरका अध्यक्ष पदम पोख्रेलले जानकारी दिनुभयो ।
सो अवसरमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल घरेलु तथा साना उद्योग महाससं तुलसीपुरका अध्यक्ष लालबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, युवा व्यवसायी दीपक काफ्ले लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष पुष्कर श्रेष्ठले गर्नुभएको थियो ।












