२०८३ कार्तिक ८ गते शनिवार

विश्व हिन्दु परिषद् तुलसीपुरकोे प्रथम अधिवेशन सम्पन्न

तुलसीपुर, २४ जेठ । विश्व हिन्दु परिषद् तुलसीपुर नगर समितिको प्रथम अधिवेशन आज तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीराम बस्यालको अध्यक्षता तथा स्वामी केशवाचार्य सुर्य पाथीको प्रमुख आतिथ्यता एवम् उदयराज सुवेदी र लोकेन्द्र वैरागीको विशिष्ट आतिथ्यतामा अधिवेशन कार्यक्रम भएको हो । कार्यक्रममा विष्णु प्रसाद आचार्य, नवराज रजौरे, ललित बहादुर वली, श्रीधर शर्मा, पुष्करराज धिताल, राधा पोख्रेल लयागतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले धर्मको संरक्षण र संबद्र्धनका लागि सबै नागरिकहरु लाग्नु पर्ने बताएका छन् । उनीहरुले एक्लैले धर्मको रक्षा गर्न नसकिने भएकाले प्रत्येक नागरिकको आवश्यकता र भूमिका रहनेमा जोड दिएका हुन् । कार्यक्रममाथि जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले प्रकास पार्नु भएको थियो ।यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण केसीले गर्नु भएको थियो । यसैविच अधिवेशनले विश्वक कुमार गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा उपमहानगरका १९ वटै वडालाई समेटिएको जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।