२०८३ कार्तिक ८ गते शनिवार

समृद्ध समाज निर्माणमा निम्ति बृहत कानुनी अभिमुखीकरण

तुलसीपुर, २४ जेठ । दाङको तुलसीपुर उपमहानरपालिका वडा नंबर ६ ले दलित समुदायको हक अधिकार सम्बन्धी बृहत कानुनी अभिमुखीकरण कार्यक्रम गरेको छ । समृद्ध समाज निर्माण गर्ने उद्देश्यले वडा नंबर ६ का दलित र गैर दलित समुदायका अगुवा, टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । कानुनी व्यवस्थाका बारेमा गैर दलित समुदायले पनि बुझ्नुपर्छ भन्ने उद्देश्यले दुइ वटै समुदायका करिव ७० जना अगुवाहरुलाई एकै थलोमा राखेर अभिमुखीकरण गरिएको हो । सो कार्यक्रममा अगुवा तथा समाजको प्रतिनिधित्व गर्नेलाई तालिम दिएपछि समाजमा गएर उहाँहरुले प्रशिक्षण गर्नु हुनेछ भन्ने विश्वास वडाकार्यालयले लिएको छ ।

यसैविच अभिमुखीकरणको आज समापण गरिएको छ । समापण कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले विकास बाटो बनाएर, दैनिक घरघरका धारामा पानी आएर मात्रै नहुने भन्दै मानवीय विकासको पनि आवश्यकता रहेको बताउनुभयो । यही मानवीय विकास गर्नका निम्ति सबै किसिमका विभेद अन्त्य हुनुपर्नेमा जोड दिदै ‘जातिय भेद्भाव विरुद्ध तुलसीपुर ६’ नारा सहित अभिमुखीकरण कार्यक्रम गरेको उहाँको भनाइ छ । सबै भन्दा पहिले व्यक्ति समुद्ध भए परिवार, समाज हुँदै वडा पालिकादेखि सम्पूर्ण देश समृद्ध हुँदै जानेमा जोड दिनुभयो ।

सो अवसरमा वडा सदस्य यमुना परियारले ६ नंबर वडालाई जातिय विभेदमुक्त वडा बनाउने अभियानमा लागेको भन्दै यसमा सबैको साथ, सहयोग र भूमिका हुनुपर्ने बताउनुभयो । कानुनमा दलितलाई विभेद गर्नुपर्छ भन्ने कुरा कतै उल्लेख नगरिएको भन्दै कानुनले सबैलाई समान रुपले हेरेको र कानुन विपरित गर्नेलाई सजाय पनि हुने बताउनुभयो । त्यसकारण यस्ता विभेदका कुराहरु अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कौशिला सुनारले आफ्नो टोलमा जातिय विभेद अन्त्य भएको बताउनुभयो । पहिले गैर दलितसँग सँगै बसेर खान हुँदैन भन्ने समाज अहिले विवाह पुजा लगायका कार्यमा सँगै बसेर खाने गरेको बताउनु भयो । यो सबै विभेद विरुद्धको आवाज उठाएर सम्भव भएको उहाँको भनाइ थियो । पहिलेको भन्दा पछिल्लो समय जातिय विभेदमा धेरै कमी आएको भएपनि कहिँकतै अझै रहेकाले त्यसको पनि अन्त्य गर्नुपर्ने बताउनुभयो

 

समापण कार्यक्रममा अधिवक्ता चिरण विक, नानुमैयाँ केसी, जीवन परियारलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडासचिव मित्रलाल विकले गर्नुभएको थियो । अभिमुखीकरणको प्रशिक्षकमा दलित अगुवा, युवा करारा, खेमराज विश्वकर्मा, अधिवक्ता चिरण विक रहनु भएको थियो । दुई दिनसम्म दलित समुदायको अवस्था, दलित आन्दोलनको इतिहास, आगामी कार्यदिशा र जिम्मेवारी, जातिय विभेद तथा छुवाछुतको प्रकृति, घटनामा उजुरी दिने प्रक्रिया, कसुर र सजाय, कानुन र कार्यान्वयनको अवस्था, पीडितलाई न्याय प्राप्तिका तरिकाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।