२०८३ कार्तिक ८ गते शनिवार

मुना इङ्लिस बोर्डिङ स्कुलद्वारा निःशुल्क योग विज्ञान शिविर सञ्चालन

तुल्सीपुर १५ मलुवार दाङमा अवस्थित मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन भएको छ । प्रशिक्षक दुर्गाप्रसाद भण्डारीले योगले मानिसको शरीर र मनलाई जोड्ने भएको कारणले गर्दा पनि विद्यार्थीहरूले योग सिक्दा अझै प्रभावकारी हुने बताउनुभयो। साथै उहाँले अहिले पछिल्लो अवस्था मानिसहरु रोगी भइराखेको कारणले योग गर्दा मानिस स्वस्थ फुर्तिलो र तन्दुरुस्त हुने कुरामा जोड दिनु भयो । प्रशिक्षक यमराज सेजुवालले मुना इङ्लिस बोर्डिङ स्कुलमा योगा सिक्नेको सङ्ख्या उल्लेख्य मात्रामा भएकोमा खुशी व्यक्त गर्नुभयो । तुल्सीपुर १४ भोजपुर निवासी शिव रेग्मीले योग सिक्न लागेपछि सुरुका दिनहरूमा अलि असजिलो भएको जिउ दुखेको महसुस भएपनि अहिले शरीर फुर्तिलो हुँदै गएको र आफू निरोगी हुँदैछु भन्ने खालको महसुस भएको उहाँको भनाइ थियो । विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले योगाले शरीर मन र इन्द्रियलाई एकाग्र बनाउँछ भन्दै अभिभावक र विद्यार्थीहरूबाट योग शिविर सञ्चालन गर्न माग भएपछि योग शिविर सञ्चालन गरिएको बताउनुभयो । यसलाई निरन्तरता दिने कोसिस भइराखेको पनि उहाँले बताउनु भयो। विद्यालयका प्रधानाध्यापक निर्मल आचार्यले योगले आनन्दपूर्वक जीवन बिताउने कला सिकाउँने र यो शरीर र मनको संयोजन हो यसर्थ यो हामी सबैको लागि आवश्यक भएकाले यसलाई विशेष जोड दिएर विद्यालयले सञ्चालन गरेको बताउनुभयो । योग शिविरमा करिब १५० जनाको सहभागिता हुनेगरेको विद्यालयका कार्यक्रम संयोजक जीवन केसीले बताउनुभयो।।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।