तुलसीपुर, २८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका १६ मा रहेको मजगाउँ जहदागाउँ खानेपानी उपभोक्ता समितिको शनिबार भएको निर्वाचनमा अध्यक्षमा मुक्त बहादुर डि.सी निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक प्यानलका डि.सीले १ सय ९२ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन अधिकृत भागवत रेग्मीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्प्रधी संयुक्त प्यानलका पदम बहादुर केसीले १०० मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै जयसुद्रा चौधरी १ सय ४१ मतका साथ निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्प्रधी संयुक्त प्यानलका बिमल कुमार पोख्रेलले १ सय ८ मत प्राप्त गर्नु भएको छ । खानेपानीको सचिवमा लोकतान्त्रिक प्यानलका पुजा वलीले १ सय ८१ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का उमेद्वार अर्जुन कुमार रेग्मीले १ सय १२ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका महावीर वली १ सय ८६ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँको निकटतम प्रतिस्प्रधी संयुक्त प्यानलका उत्तम पोख्रेलले १ सय १२ मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा सबै पदमा लोकतान्त्रिक प्यानलका उमेदवार निर्वाचित भएका छन् ।यस्तै लोकतान्त्रिक प्यानलका सदस्य पदका उमेदवारहरुमा टिकाराम चौधरी १ सय ५० मत , बल बहादुर डागी १ सय ३६ मत, महिला सदस्यमा रेश्मा परियार १ सय ६२ मत, खिम बहादुर बुढाथोकी १ सय ७८ मत र नारायण आचार्यले १ सय ४५ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । श्री मजगाउँ जहदागाउँ खानेपानीको आगामी दुई बर्ष कार्यकालको लागि यहि बैशाख २७ गते शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा ३ सय ९१ मतदाता रहेकोमा ३ सय ८ मत खसेको थियो ।
शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसोको ३ बजेसम्म भएको थियो । मतगणना सकिए लगत्तै सोही दिन साँझ मतपरिणाम घोषणा गरिएको निर्वाचन अधिकृत भागवत रेग्मीले जानकारी दिनुभयो । निर्वाचनमा प्रहरी सहायक निरीक्षक डण्ड बहादुर पुनको नेतृत्वमा सुरक्षा प्रदान गरिएको डम्बर बस्नेतले जानकारी दिनु भएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।