तुलसीपुर, २८ वैशाख । सुनचाँदी कारोबार एबम नीति र निर्देशिका लगायत समसामयिक विषयक संयुक्त कार्यशाला गोष्ठी दाङको लमहीमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यबसायी महासङ्घ लुम्बिनी प्रदेश सभापति धुब्रराज गतराजको अध्यक्षता तथा महासङ्घका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले सुनचाँदी ब्यबसायीहरुको समस्यालाई सुन्नु पर्ने बताएका छन् । उनीहरुले ब्यबसायिहरुको थुप्रै समस्याहरुलाई राज्यले अहिलेसम्म नसुनेको गुनासो गरेका छन् । राज्यले ब्यबसायिक सुरक्षा दिनुपर्ने, कानुनी झन्झटिलोलाई अन्त्य गरि सुन खरिद विक्री कार्यलाई सहज बनाई व्यापार ब्यबसाय संचालनको लागि सहज बनाउनुपर्ने माग समेत गरेका छन् ।
कार्यक्रमका लेम्बिनी प्रदेशका १२ जिल्लाका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेशको सहकार्यमा भएको कार्यशाला गोष्ठी कार्यक्रमको संचालन महासङ्घ प्रदेश महासचिव हरिकृष्ण बिकले गर्नु भएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।