२०८३ कार्तिक ८ गते शनिवार

दाङको तुलसीपुरमा आगलागीबाट घरगोठ जलेर नष्ट

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्लेमा आगलागी हुँदा ठूलो क्षति भएको छ । भुवन थापाको खरले छाएको कच्ची घरगोठमा मंगलबार साँझ ६ बजेतिर अचानक आगलागी हुँदा एउटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ । यस्तै अरु दुई वटा गोरु र चारवटा गाई घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा नष्ट भएक छन् । प्राप्त जानकारीअनुसार आगलागीबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको विस्तृत कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।