तुलसीपुर, ९ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका –८ स्थित अश्वारा हरियाली पार्कको अध्यक्षमा टेकनाथ योगी सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्ष योगी १० वटा सामुदायिक वनको नेतृत्वको गरेको अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । पार्क परिसरमा बसेको विशेष भेलाले योगीको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति पुनर्गठन गरेको हो ।
जसको उपाध्यक्षमा जया घर्ती, सचिवमा महेन्द्र चौधरी, कोषाध्यक्षमा तारा बहादुर बस्नेत, सहसचिवमा देवकी माया विष्ट रहनु भएको छ । त्यसैगरी सदस्यमा पुतली बुढाथोकी, चन्द्र बहादुर बस्नेत, आशा बुढाथोकी, सुधा क्षेत्री रहनु भएको छ । हरियाली पार्कका अध्यक्ष तारा बहादुर बस्नेतको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका –८ का वडा सदस्य हस्त बहादुर बिकको प्रमुख आतिथ्यमा विशेष भेला भएको थियो ।
सो अवसरमा अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेमा डाँगी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, समाजसेवी योगेन्द्र बहादुर शाह (दिपक) डिला कुमारी देवकोटा लगायतले बोल्नु भएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।