२०८३ कार्तिक ८ गते शनिवार

कृषि वन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उर्मिला चौधरीलाइ सम्मान

तुलसीपुर, २५ फान ।कृषि वन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उर्मिला चौधरीलाइ सम्मान गरिएको छ । तुल्सीपुर उपमहानगरपालिका ८ मा अवस्थित सूर्योदय महिला ढकिया उद्यमकी सचिव चौधरीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च २०२५ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो । ‘सबै महिला र छोरीको अधिकारः समानता र सशक्तीकरणको हकदार’ भन्ने मूल नाराका साथ आयोजित कृषि वनमा आधारित महिला उद्यमीको सिकाइ र अनुभवको संगालो विमोचन तथा अन्तरक्रिया कार्यक्रममा चौधरीलाई सम्मान गरिएको हो ।

चौधरीले परम्परागत सीपलाई आधुनिक उद्यमशीलतासँग जोड्दै लामो समयदेखि ढकिया उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउँदै आउनुभएको छ । उहाँले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तथा स्वरोजगार सिर्जना गर्न तालिम सिकाईरहनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चौधरीलाई सम्मान गर्दै स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन उहाँको योगदान प्रेरणादायी रहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि चौधरीको नेतृत्वमा भएको प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो । महिला उद्यमीहरूको सिकाइ र अनुभवको संगालो विमोचन कार्यक्रममा कृषि वनमा आधारित महिला उद्यमशीलताको अनुभव समेटिएको ूमहिला उद्यमीको सिकाइ र अनुभवको संगालोू पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य भारती पाठकले शुभकामना मन्तव्य दिँदै महिला उद्यमशीलताको प्रवद्र्धनका लागि नीति निर्माणमा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले चौधरीजस्ता महिला उद्यमीहरूको योगदान प्रेरणादायी रहेको बताउँदै, स्थानीय उद्यमशीलता प्रवद्र्धनका लागि यस्ता उदाहरणहरू नीति निर्माण तहमा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रम ग्रीन फाउण्डेशन नेपाल, वन तथा वातावरण मन्त्रालय रेड कार्यन्वयन केन्द्र, प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल लगायको सहकार्यमा आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु कुसुमदेवि थापा, मदन कुमारि शाह र रेनु चन्द , सह सचिव नवराज पुडासैनि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै विभिन्न क्षेत्रका महिला उद्यमी, सहकारी संस्थाका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले महिला उद्यमशीलताको दिगोपन, वित्तीय पहुँच, बजार विस्तार तथा नीति सुधारका विषयमा छलफल गरेका थिए ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।