२०८३ बैशाख ८ गते मङ्गलवार

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

फोटो फाईल

काठमाण्डौ, ८ बैशाख । आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया