२०८३ बैशाख १० गते बिहिवार

बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक महँगो

फोटो फाईल

काठमाडौ, ८ बैशाख । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहरुले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएको भन्दै बजारमा केराको अभाव भएको व्यापारीहरुको भनाइ छ ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिँदा बजारमा अभाव देखिएको थिएन तर संघकै पहलमा त्यस्ता अवैध केराको बिक्री वितरणमा रोक लगाएपछि बजारमा एकाएक आपूर्ति घटेको हो ।

नेपालको उत्पादन अत्यन्तै कम छ, अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको उहाँले बताउनुभयो । अध्यक्ष बानियाँकाअनुसार अहिले गुणस्तरीय केरा अभाव हुँदा केही ठाउँमा ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म तिरेर खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।बानियाँले सिमाना र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै यसलाई अझ कडाइका साथ रोक्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया