फोटो फाईल
काठमाठौ, ८ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल साताव्यापी टर्कि भ्रमणपछि स्वदेश फर्किनु भएको छ । उहा टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२७ मा बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नु भएको हो ।
राष्ट्रिय सभा सदस्य अन्जान शाक्य, कृष्ण बहादुर रोकायसहित टर्किको इस्तानबुलमा भएको अन्तर व्यवस्थापिका संघको १५२ औँ सभा कार्यक्रममा सहभागी हुन उक्त टोली वैशाख १ गते टर्कि प्रस्थान गरेको थियो ।
वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना भएको महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नुभएको थियो । साथै, विभिन्न मुलुकका संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार


















