२०८२ चैत्र २० गते शुक्रवार

दाङ–३ मा ५७ प्रतिशत मत खस्यो

दाङ, फागुन २१ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नं. ३ मा करिब ५७ दशमलव ६ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा रहेका १ लाख ५० हजार ७२० जना मतदातामध्ये ८६ हजार ८२५ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको हो।

स्थानीय तहअनुसार खसेको मतमा तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै ५० हजार ७४५, शान्तिनगर गाउँपालिकामा १२ हजार ५०२, दंगिशरण गाउँपालिकामा ११ हजार १७० र बबई गाउँपालिकामा १२ हजार ४०८ मत खसेको जनाइएको छ।

यस निर्वाचनका लागि क्षेत्रभित्र ५६ मतदान स्थल र १६९ मतदान केन्द्र तोकिएको थियो। बिहानदेखि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र अधिकांश स्थानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले मतपेटीका नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीकोका स्कटीङमा मतगणनास्थल उच्च अदालत तुलसीपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको निर्वाचन अधिकृत चन्द्र बहादुर सीजालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया