तुलसीपुर, २९ कात्तिक । नेपाली सेनाले दाङ र रुकुम पश्चिममा सैन्य पदका लागि नयाँ भर्ना खुला गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालयका अनुसार दाङको घोराहीस्थित श्री ज्वालादल गण, भरतपुर र रुकुम पश्चिमको श्री चण्डीदल गण, सल्ले मा भर्ना प्रक्रिया सुरु गरिएको हो। यस वर्ष ज्वालादल गणमा १०० जना र चण्डीदल गणमा ५० जना सहित कुल १५० जनाको कोटा निर्धारण गरिएको छ।
🔹 दाङ (ज्वालादल गण) को कोटा विवरण (१०० जना)
* सैनिक परिवारका सन्तान — ५
* खुला — ५२
* महिला — ८
* आदिवासी जनजाति — १३
* मधेसी — १२
* दलित — ७
* पिछडिएको समुदाय — ३
🔹 रुकुम पश्चिम (चण्डीदल गण) को कोटा विवरण (५० जना)
* सैनिक परिवारका सन्तान — ३
* खुला — २६
* महिला — ४
* जनजाति — ७
* मधेसी — ६
* दलित — ३
* पिछडिएको — १
भर्ना छनौट निर्देशनालयका अनुसार इच्छुक नेपाली नागरिकले कात्तिक २८ गतेदेखि मंसिर २७ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्।भर्नाका हुन लागि १८ वर्ष पुरा भइ २२ वर्ष ननाघाकेको हुनुपर्ने छ ।
सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस
Vacancy & Requirements (नेपाली सेनामा पदपूर्ति सम्बन्धि सूचना)

