२०८२ मङ्सिर १ गते सोमवार

आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१ मंसिर । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया