२०८२ मङ्सिर १ गते सोमवार

आज सुनको भाउ ६ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं,३० कात्तिक । आज एकैदिन सुनको भाउ तोलामा छ हजार नौ सय रुपैयाँले घटेको छ । सुन तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै,चाँदी पनि आज एकैदिन तोलामा एक सय ५० रुपैयाँ घटेको छ । चाँदी आज एकैदिन एक सय ५० रुपैयाँ घटेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया