२०८२ मङ्सिर १ गते सोमवार

सल्यानको कालिमाटी गाउँपालिकाका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण

सल्यान, ३० कार्तिक ।  सल्यानको कालिमाटी गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण कार्यक्रम अभिचयान सुरु गरेको छ । आर्थिक बर्ष २०८२।०८३ का लागि गाउँपालिकाबाट स्वीकृत योजना सफल रुपमा कार्यान्वयनका लागि अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो । उपभोक्ता समितिको काम,कर्तब्य,अधिकार तथा योजना संचालनका बिषयमा जानकारी दिने उदेश्यले वडा नं ५ र ६ को कार्यालयबाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको लेखा अधिकृत एकलाल रानाले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा उपभोक्ता समिति गठन प्रक्रिया,प्राबिधिक लागत अनुमान तयार, योजना सम्झौता, बैंक खाता संचालन, समितिले काम गर्ने तरिका, वडा कार्यालको सिफारिस, कार्य सम्पन्न पछिको सार्बजनिक सुनुवाई, सुचना पाटी तथा भुक्तानी प्रक्रियाका सन्दर्भमा योजना शाखा प्रमुख जयराम घर्ती र लेखा अधिकृत एकलाल रानाले प्रशिक्षमण दिनुभएको थियो ।

अभिमुखिकरण कार्यक्रमले गाउपालिकाको बिकास,सम्बृद्धि र सुशासन प्रबद्र्धन गर्दै योजना सम्पन्न पश्चात सफल कार्यान्वयनाका लागि अहम भुमिका खेल्ने गाउँपालिकाले बिश्वास लिएको छ । देशको पछिल्लो अवस्था र फागुनमा निर्बाचन हुने भएकोले योजना कार्यान्वयनमा प्रभाब पर्ने सम्भाबना देखिएकाले सबै वडामा अभिमुखिकरण कार्यक्रम संचालन लगत्तै योजनाहरुको सम्झौता प्रक्रिया अघि बढाई काम छिटो सम्पन्न गरी भुक्तानी दिने योजना बनाएको गाउँपालिका अध्यक्ष दान बहादुर के.सीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया